परवानीपुरमा होली मिलन तथा शुभकामना कार्यक्रम सम्पन्न

रञ्जन यादव
435 पाठक संख्या

जीतपुर : बाराको परवानीपुरमा राष्ट्रमार्ग साप्ताहिक तथा राष्ट्रमार्ग अनलाईनद्वारा आयोजित होली मिलन तथा शुभकामना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका उद्घाटन प्रमुख अतिथि समेत रहेकी मधेशी आयोग सदस्य रेणु साहले गरेकी थिईन ।

सो अवसरमा बोल्दै साहले मधेश र मधेशी समुदायको धर्म–संस्कृति संरक्षण आवश्यक रहेको बताइन । उनले हालका समयमा धार्मिक तथा सांस्कृतिक रीतिरिवाज हराउँदै गएको प्रति चिन्ता व्यक्त गरिन ।

कार्यक्रममा धार्मिक तथा सांस्कृतिक विकृतिहरूलाई हटाउने विषयमा विशेष जोर दिइएको थियो। सहभागीहरूले होली पर्वको सन्दर्भमा सांस्कृतिक एकता र परम्परागत मूल्यहरूको संरक्षणमा ध्यान दिनुपर्ने कुरामा जोड दिए।

यसैगरी कार्यक्रममा सूचना आयोगकी निवर्तमान सदस्य कमला ओली,परवानीपुर गाउँपालिका अध्यक्ष राम क्षेत्री पटेल,ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक सुभद्रा वाईबा,स्थानीय समाजसेवी,बुद्धिजीवी,पत्रकार तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

राष्ट्रमार्ग साप्ताहिकका प्रकाशक रामबिनय साहको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन बिशाल सर्राफले गरेका थिए ।

Leave a review