काँग्रेस पर्साका सभापति क्षेत्री भए भूमि व्यवस्था तथा सहकारी मन्त्री

राम मण्डल
226 पाठक संख्या

नेपाली काँग्रेस मधेस प्रदेश सरकारमा सहभागी भएको छ । नेपाली काँग्रेस पर्साका सभापति तथा पर्साबाट निर्वाचित प्रदेश साँसद जनाद्र्धन सिँह क्षेत्रीको नेतृत्वमा कांग्रेस मधेश प्रदेश सरकारमा सहभागि भएको हो ।

उनी प्रदेश सरकारको भुमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री बनेका छन् । अर्थमन्त्रीमा सुनिल कुमार यादव, उर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा शेषनारायण यादव र श्रम तथा यातायात मन्त्रीमा कौशल किशोर राय नियुक्त भएका छन ।

काँग्रेसले चारवटा मन्त्रालय पाएपछि प्रदेश सरकारमा सहभागी भएको हो ।यसअघि अर्थ मन्त्रालयको दाबी गरिरहेको काँग्रेसलाई प्रदशेका मुख्यमन्त्री सतिश कुमार सिंहले उक्त मन्त्रालय नदिने भनेपछि काँग्रेस प्रदेश सरकारमा गएको थिएन ।

तर मुख्य मन्त्री सिँह नेतृत्वको प्रदेश सरकारमा काँग्रेसले अर्थ मन्त्रालय पाएपछि सरकारमा सहभागी भएको हो । केन्द्रमा काँग्रेस र एमाले मिलेर सरकारको नेतृत्व गरिरहदा सोही गठबन्धन अनुसार नै नेपाली काँग्रेस प्रदेशमा पनि अघि बढेको छ ।काँग्रेस र एमालेले मधेस प्रदेश सरकार मधेसी दललाई दिने भनेका थिए ।

Leave a review

This will close in 0 seconds