नारायणी अस्पतालको एमआरआई मेशिन तीन महिनादेखि भयो नारायणीमा बन्द

राम मण्डल
339 पाठक संख्या

वीरगञ्जस्थित नारायणी अस्पतालमा रहेको एमआरआई मेशिन तीन महिनादेखि बन्द अवस्थामा रहेको छ ।

अस्पतालमा रहेको थ्री टेस्लाको अत्याधुनिक एमआरआई मेशिन बन्द रहेको हो । अस्पतालको लापरवाहीले तीन महिनादेखि सो मेशिन बन्द अवस्थामा रहेको हो ।

बितेको बर्ष कार्तिक महिनातिर अस्पतालमा एमआरआई मेशिन जडान भएको थियो ।जडान भएको बेलामा पनि लामो समयसम्म सो मेशिनलाई सञ्चालन गरिएको थिएन । एमआरआई मेशिन सञ्चालनमा आएको केही महिना भित्रै बन्द भएको हो ।

थ्रि टेस्लाको एमआरआई मेशिनको भुक्तानीलाई लिएर सो मेशिन बन्द भएको अस्पताल प्रशासनले जनाएको छ । सो मेशिन ३० करोडमा खरिद भएको हो । एमआरआई मेशिनको बीस प्रतिशत रकम अहिलेपनि भुक्तानी भएको छैन ।

जसका कारणले चलिरहेको एमआरआई मेशिन बन्द भएको हो ।मेशिन बन्द हुदा तीन महिनादेखि अस्पतालमा हुदै आएको एमआरआई सेवा ठप्प रहेको छ ।चिनियाँ कम्पनीले उपलव्ध गराएको एमआरआई मेशिनको बीस प्रतिशत रकम अहिले पनि नारायणी अस्पतालले तिर्न बाँकी रहेको छ ।

जसले गर्दा चिनियाँ कम्पनीले नारायणी अस्पतालमा जडान भएको एमआरआई मेशिन बन्द गरिदिएको छ ।अस्पतालले कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकम भुक्तानी नदिएपछि कम्पनीले चीनबाट नै अस्पतालमा भएको एमआरआई मेशिनको सफट्वेयर अपडेट गरेको छैन ।कम्पनीले मेशिनको सफटवेयर अपडेट नगरिदिदा मेशिनले काम नगर्ने भएको छ ।

तीन महिनादेखि नारायणी अस्पतालको एमआरआई सेवा बन्द भएको नारायणी अस्पतालका प्रवक्ता सुनिल कुमार रौनियारले जानकारी दिए ।मेशिनको बाँकी रहेको बीस प्रतिशत रकम चाँडै भुक्तानी गरिने उनले जनाए । यसपछि सेवा फेरि सुचारु गर्ने तर्फ लागेको उनले बताए ।

सेवा बन्द भएपछि सेवाग्राही मारमा परेका छन् । सरकारी अस्पताल नारायणीमा निजी अस्पताल भन्दा करिब ५० प्रतिशत कम शुल्कमै सर्ब साधारण बिरामीले सो सेवा पाउदै आएका थिए । एमआरआई सेवा फेरि निजी अस्पताल र क्लिनिकहरुमै गराउनुपर्ने बाध्यता सेवाग्राहीलाई छ ।

नारायणी अस्पतालमै एमआरआई सेवा सुचारु भएपछि दैनिक रुपमा आठदेखि दस वटासम्म एमआरआई अस्पतालमै हुदै आएको अस्पतालका रेडियोलोजी बिभागका प्रमुख डा.पुष्पराज अधिकारीले जानकारी दिए ।निजी भन्दा सस्तो दरमा अस्पतालमा एमआरआई हुन थालेपछि बिरामीहरुलाई पनि फाईदा पुग्दै आएको हो ।

बीचमै एमआरआई मेशिन बन्द भएर सेवा नै ठप्प भएपछि बिरामीहरु मर्कामा परेको उनले जनाए । एमआरआई गराउन आउने बिरामीलाई सेवा बन्द रहेको भिन जवाफ दिने गरिएको अधिकारीको भनाई छ ।

निजी क्लिनिकमा १२ देखि १५ हजार सम्म एउटा एमआरआईको शुल्क लाग्ने गरेको छ ।नारायणी अस्पतालमा भने त्यही एमआरआईको भने ६ देखि दस हजारमै हुदै आएको थियो ।अस्पतालमा भएको एमआरआई मेशिन सञ्चालनको लागि पटक पटक पहल गरेको अस्पताल विकाश समितिका अध्यक्ष धिरज गुप्ताले जानकारी दिए ।

उनले आफुले मन्त्रालयसम्म नै पहल गरेर मेशिनको बाँकी रहेको भुक्तानी दिएर सेवा सुचारु गर्न अनुरोध गरेको बताए । अन्य गरिब बिरामीहरु सँगै विशेष गरि अस्पतालमा स्वास्थ्य बिमा गराएकाहरु बढी मारमा एमआरआई सेवा बन्द हुदा परेको उनको भनाई छ ।

Leave a review

This will close in 0 seconds