बौद्ध विद्यालयका ७० जना विद्यार्थीलाई ब्याग वितरण

रञ्जन यादव
227 पाठक संख्या

जीतपुर,५ भदौ : पुर्व विद्यार्थीहरुले बाराको अमलेखगञ्जमा रहेको अहिंसावादी सांगे छ्योइलिङ्ग आधारभूत बौद्ध विद्यालयका विद्यार्थीलाई ब्याग वितरण गरेका छन ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अमलेखगञ्जबाट २०५५ सालमा प्रवेशिका परीक्षा उतिर्ण गरेका पूर्व विद्यार्थीको समूहले उक्त बौद्ध विद्यालयका ७० जना विद्यार्थीलाई व्याग वितरण गरेका हुन् ।

पूर्व विद्यार्थी स्वर्गीय प्रदीप बल र स्वर्गीय अमित कार्कीको स्मृतिमा आयोजित कार्यक्रमकाबीच ब्याग हस्तान्तरण गरिएको हो । २०५५ सालमा प्रवेशिका उतिर्ण गरेका विद्यार्थीको उक्त समूहले यसअघि पनि रचनात्मक गतिविधि गर्दै आएको छ ।

पूर्व विद्यार्थी समूहका जिवन ठकुरी (भिम) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुम्बाकी अध्यक्ष फुलमाया मगर,विद्यालयकी प्रध्यानाध्यापक मिना लामा लगायतको उपस्थिती उनीहरुले जनाएका छन ।

Leave a review

This will close in 0 seconds