शिक्षक भर्ना गर्न र अनियमिता रोक्न प्रधानाध्यापकलाई ज्ञापनपत्र

रञ्जन यादव
374 पाठक संख्या

जीतपुर । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१० मा रहेको परमानन्द नेपाल राष्ट्रिय आवासिय बिद्यालयमा अनुदान कोटामा शिक्षक भर्ना गर्न र अनियमिता रोक्न अभिभावक तथा स्थानीयहरुले प्रधानध्यापकलाई ज्ञापनपत्र बुझाएका छन् ।

अभिभावकहरुले बिगत ४/५ महिना देखि रिक्त रहेको राहत अनुदान कोटामा शिक्षक भर्ना सम्बन्धि सुचना ननिकाल्दा बिद्यार्थीहरुको पठन पाठन प्रभावित भएको बिद्यालयका प्रधानध्यापक रामबालक दासलाई बुझाईएको ज्ञापनपत्रमा भनिएको छ ।

बिद्यालयको भबिष्यसँग खेलवाड नगरी शिक्षा भर्ना गर्न अभिभावकहरुले माग गरेका छन् । ज्ञापन पत्रमा आर्थिक बर्ष २०८०/०८१ म आएको बिभिन्न शिर्षक रकममा अनियमित तरिकाले कामकारबाही भईरहेको दाबी स्थानीय समाजसेवी तथा सचेत नागरिक सचेत पटेलले गरे ।

दिएको सुझाव अबिलम्ब कामकारबाही नभएमा तथा अनियमित काम बन्द नभएमा यसबाट हुन सक्ने गतिबिधिको जिम्मेवारी स्वयम प्रधानध्यापक हुने उनले जानकारी गराए ।

प्रधानध्यापकलाई बुझाईएको ज्ञापन पत्रमा जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा,युवा तथा खेलकुद महाशाखा,आर्थिक प्रशासन शाखा र ईलाका प्रहरी कार्यालय जीतपुरलाई बोदार्थ गरिएको छ । ज्ञापन पत्रमा अभिभावक,बुद्धिजिबि तथा समाजसेवी ४२ जनाले हस्ताक्षर गरेका छन् ।

Leave a review

This will close in 0 seconds