बाराका एक प्रहरी वरिष्ठ नायब निरीक्षक –(सई ) ले बोकेको स्वचालित (अटोमेटिक) पेस्तोल सोमबार बेलुका हराएको छ ।
प्रतिबन्धित लागु औषध गाँजा अपरेशनमा गएको वखत ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक पूज्य बि.सी.ले बोकेको अटोमेटिक पेस्तोल हराएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार १० वटा म्यागजिन गोली लोड रहेको अवस्थामा पेस्तोल हराएको हो ।
प्रहरीले गाँजा अपरेशनमा १२ किलो लागु औषध गाँजासहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे अनुसन्धान जारी रहेको प्रवक्ता न्यौपानेले साझेदारी राष्ट्रिय दैनिकलाई बताए ।


