उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई आयोगले दियो परामर्श

साझेदारी दैनिक
357 पाठक संख्या

कलैया : राष्ट्रिय निर्वाचन आयोगले उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएको छ।

आयोगको एपसचिव तथा सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी २०८१ मंसिर १६ गते आइतबार उपनिर्वाचन सम्पन्न गर्नेगरी मिति तोक्न नेपाल सरकारलाई परामर्श गरिएको जानकारी दिएका हुन्।

वि.सं. २०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दूई,गाउँपालिका अध्यक्ष २,उपाध्यक्ष ३ र वडा अध्यक्ष नौ तथा नगरपालिका प्रमुख एक,उपप्रमुख एक र वडा अध्यक्ष २१ ज्ना गरी ३९ वटा रिक्त पदको लागि निर्वाचनको सिफारिश गरिएको हो ।

नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन,२०७३बमोजिम जिल्ला समन्वय समितिका प्रमुख,उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष र नगरपालिकाका प्रमुख, उपप्रमुख,वडा अध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि रिक्त पदको पूर्ति उपनिर्वाचनद्वारा हुने व्यवस्था गरिएको छ।

उपनिर्वाचन हुने मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले तोक्नेछ भन्ने व्यवस्था भए बमोजिम परामर्श दिइएको विज्ञप्तिमा लेखिएको छ।

निर्वाचन आयोगले मतदाता नामावली ऐन,२०७३ को दफा२० को उपदफा (२) बमोजिम उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगबाट अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरेको मितिसम्ममा कुनै जिल्ला समन्वय समितिको प्रमुख,उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष र नगरपालिका प्रमुख,उपप्रमुख,वडा अध्यक्षको पद कुनै कारणले रिक्त भएमा संवत् २०८१ मंसिर १६ गते नै उपनिर्वाचन गर्ने गरी परामर्श दिइएको विज्ञप्तिमा लेखिएको छ।

Leave a review

This will close in 0 seconds