बारा प्रहरीले दुई लाख बराबरको अवैध कपडा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक जटाशंकर यादवको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्लाको सुवर्ण गाँउपालिका वडा नम्बर ३ संतगंजस्थितबाट भन्सार छलि गरी ल्याईएको अन्दाजी मुल्य रू.दुई लाख बराबरको ६ बोरा कपडा बरामद गरेको हो
।
उक्त अवैध कपडालाई बरामद गरी आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको बाराका प्रवक्ता एवंम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।


