सांसद श्रेष्ठले गढीमाई मेलाको लागि बाँडे देशभरका सरकारलाई चुले निम्तो

साझेदारी दैनिक
307 पाठक संख्या

काठमाण्डौं : बाराको गढीमाई मेलाको व्यवस्थापनमा ध्यान दिन तथा गढीमाई मन्दिरमा चढ्ने बलीप्रथाको विरोध गर्ने तत्वलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री कृष्णकुमार श्रेष्ठ किसानले सोमबार यस विषयमा ध्यानाकर्षण गराएका हुन्। प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले
चुरेको काखदेखि भारतको सीमा सम्म अथाह पर्यटकीय सम्भावना बोकेको बारा जिल्लाको पर्यटन विकासमा ध्यान दिन सरकारलाई अनुरोध गरेका हुन्।

उनले बाराको गढीमाई, पर्सा राष्ट्रिय निकुञ्ज, सिम्रौनगढ क्षेत्र लगायतका पर्यटकीय क्षेत्रको दीर्घकालीन विकास मार्फत भारतीय पर्यटक लक्षित कार्यक्रम बनाउन समेत आग्रह गरेका हुन्।

बाराका महत्वपूर्ण विषयहरु संसदमा उनले उठाउने गरेका छन्। गढीमाई मेला र बारा जिल्लाको पर्यटनलाई उठान गरिदिएको भन्दै बाराका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् ।

बाराका पर्यटन अभियन्ता एवं नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट एशोसिएसन नाट्टाका मधेश प्रदेश अध्यक्ष मोहनशर्मा लामिछानेले बारा जिल्लाको महत्वपूर्ण विषय संसदमा प्रवेश गराएको भन्दै सांसद श्रेष्ठलाई धन्यवाद दिएका छन् ।

बाराको महागढिमाई नगरपालिकामा अवस्थित गढिमाई मन्दिरमा यस बर्ष मंसिर महिनामा मेला लाग्न गइरहेको छ। नेपाल देशको मात्रै नभई एशिया महादेशकै ठूलो मेलाको रूपमा रहेको र संसारमै धेरै बली चढ्ने यस मन्दिरको मेलालाई सरकारले ध्यान दिएर उचित ब्यवस्थापन र अन्तर्राष्ट्रिय समुदायमा प्रचारप्रसार गर्न सके मेलाको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा बारा जिल्लाको पर्यटन क्षेत्रको प्रचार प्रसार हुने उनले जनाए ।

बारा जिल्लामा रहेको पर्सा राष्ट्रिय निकुञ्ज,एतिहासिक सिम्रौनगढ क्षेत्र,कर्म कुमारी धारा लगायतका पूर्वाधार हरुको संरक्षण र विकासमा समेत ध्यानदिन जरुरी छ । यसैबर्ष गढिमाई मेलाको अवसर पारेर नेपाल सरकार,सातै प्रदेशका प्रदेश सरकार,७५३ वटै स्थानीय सरकार र यस संसदमा रहेका संघीय सांसदहरुलाई बारा जिल्ला भ्रमण र गढिमाई मन्दिर दर्शनको चुले निम्तो उनले सम्बोधन मार्फत दिएका हुन्।

जब बारा जिल्लाको गढिमाई मेलाको समय आउँछ तब तब बिदेशीको इशारामा हिन्दु धर्ममाथि प्रहार गर्ने नियत बोकेका समूह हरु सलबलाउन थालेको देख्ने गरेको उनले जनाए।

के नेपालमा बली चढाईने मन्दिर बारा जिल्लाको गढिमाई मात्रै हो त ? गढिमाईको बलीप्रथाको बिरोधमा कसैलाई कुनै गतिविधि गर्ने छुट नदिईयोस उनले प्रतिनिधि सभामा बोले।

यसले बारा बासी र समग्र गढिमाईको आस्थामाथीप्रहार गरिरहेको उनले जनाएका हुन्।

Leave a review

This will close in 0 seconds