चटयाङ्गको चर्काे आवाजले एक महिलाको मृत्यु

साझेदारी दैनिक
309 पाठक संख्या

कलैया : आईतबार राति हावाहुरी संगै परेको चटयाङ्गको चर्काे आवाजले सिम्रौनगढ नगरपालिका वडा नम्बर १ खजानीमा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय रामबिलास साह कलवारको ५० वर्षीया श्रीमति मन्तुरा देवी रहेकी छन्।

हावाहुरी तथा असिनापानी संगै परेको चटयाङ्गको चर्काे आवाजले हृदयघात हुदा उनको मृत्यु भएको स्थानीय लालबाबु कुशवाहाले बताएका छन्।

Leave a review

This will close in 0 seconds