उद्यमशील सहकारीको सेवा आफ्नै भवनबाट

साझेदारी दैनिक
274 पाठक संख्या

सिमरा : भूतपूर्व सैनिकहरु हृारा स्थापित उद्यमशिल सहकारीले सेवाग्राहीलाई आफ्नै भवनबाट सेवा दिन शुरु गरेको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवाना सुन्दरबस्तीमा रहेको उद्यमशील बचत तथा ऋण सहकारी संस्थाले बिहीबार देखि आफ्नै भवनबाट सेवा दिन शुरु गरेको हो।

संस्थाको १२ औं बार्षिक साधारण सभाको अवसर पारेर नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ। संस्थाका मुख्य व्यवस्थापक कृष्ण नेपालका अनुसार भवन उद्घाटन एवं संस्थाको १२ औं बार्षिक साधारण सभा एक समारोहका बिच सम्पन्न भएको हो।

सो सभाको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीबाट भएको हो। उनी कार्यक्रमका प्रमुख अतिथि रहेका हुन्। भारतीय गोरखा सैनिकबाट अवकास प्राप्त स्वर्गीय समाजसेवी कञ्चनबहादुर गुरुङको अगुवाईमा स्थानीय भुपु सैनिकहरु संगठित भएर १२ वर्ष अघि सो सहकारीको स्थापना गरेका हुन्।

उद्यामशील सहकारीले हाल ६ सय ५० शेयर सदस्य रहेका छन्। उसले करिब साढे ८ करोडको कारोबार गरिरहेको छ । संस्थाले आफ्नो सामाजिक उतरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्षेत्रमा सहकार्य एवं सदस्य केन्द्रित शीपमुलक तालिम समेत सञ्चालन गरिरहेको छ ।

साधारण सभाको अवसर पारेर संस्थाका लागि विशेष सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेमा धनबहादुर तामाङ, तेजनारायण थारु र चुलीयादेवी थरुनी,उत्कृष्ट कारोबारकर्ता मैया राई,उत्कृष्ट व्यवसायी माया गुरुङ,दैनिक बचत तर्फ उत्कृष्ट बचतकर्ता पुष्पराज रिजाल,मासिक बचत तर्फ उत्कृष्ट सन्तुमाया गुरुङ र बाल बचत तर्फ उत्कृष्ट बचतकर्ताका रुपमा गायत्री रिमाललाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष ओमनाथ पौडेलको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुर,जीतपुरसिमरा उपमहानगरपालिका १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने,बारा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष राजुप्रसाद अधिकारी,हलखोरीया साझेदारी बन व्यवस्थापन समितिका रमेशकुमार भट्ट्राई,हातेमालो बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष सञ्जय साह,साना किसान कृषि सहकारी संस्थाकी शान्ती तामाङ,जीतपुरसिमरा १५ का वडा सदस्यहरु मनमाया घले,मोहन लिम्बु,रामेश्वर खाँ थारु लगयतको उपस्थिति रहेको थियो।

Leave a review