विधान अनुसार काम गर्न कांग्रेसका रुष्ट पदाधिकारीको माग

साझेदारी दैनिक
220 पाठक संख्या

कलैया : नेपाली कांग्रेस बाराका रुष्ट पदाधिकारीहरुले नेपाली कांग्रेस बाराले सकृय सदस्यता वितरण गर्दा विधान अनुसार गर्न माग गरेका छन्।

कलैया ६ स्थित होटल करणराज पार्टी प्यालेसमा सोमबार पत्रकार सम्मेलन गर्दै कांग्रेसलाई कांग्रेसको विधान अनुसार चल्न माग गरेका हुन्।

पत्रकार सम्मेलनलाई नेपाली कांग्रेस बाराका जिल्ला सचिव भैयाराम यादव,राजेश रौनियार,कांग्रेस बाराका क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष प्रभात चौरयिा लगायतले सम्बोधन गर्दै यस्तो माग अघि सारेका हुन्।

नेपाली कांग्रेसको विधान अनुसार सकृय सदस्य वितरण गर्दा केन्द्रीय समितिले जिल्ला कार्यसमितिलाई,जिल्ला कार्य समितिले क्षेत्रीय समितिलाई,क्षेत्रीय समितिले प्रदेश समितिलाई,प्रदेश समितिले पालिका समितिलाई,पालिका समितिले वडा समितिलाई सकृय सदस्यता फारम हस्तान्तरण गर्नुपर्नेमा त्यसो नभई बारा क्षेत्र नम्बर ३ र १ मा यस विपरित भएको दावी उनीहरुको हो।

विधान सम्मत काम नभएमा क्रमबद्ध आन्दोलन गरिने उनीहरुले चतावनी दिएका हुन्।

पत्रकार सम्मेलनमा सभापति पदका निकटतम प्रतिस्पर्धि शम्भुबहादुर बुढाथोकी,जिल्ला सहसचिव प्रमोद यादव,जिल्ला कार्य समिति सदस्य प्रियंका दास,कलैया उपमहानगरका सचिव मुकेशकुमार यादव लगायतकाको विशेष उपस्थिति रहेको थियो।

Leave a review