कलैया : बाराको विभिन्न कलेज तथा विद्यालयहरुमा “पर्यावरण संरक्षण एवम् अहिंसा सचेतना अभियान” अन्र्तगत सन्देशमुलक डकुमेन्ट्री चलचित्र प्रर्दशन गरिएको छ ।
श्रीकृष्ण प्रणामी युवा परिषद बारा जिल्ला समिति,प्रारम्भिक समितिको सहकार्यमा भारत,अहमदावाद गुजरात बाट आउनुभएका जीव दया प्रेमी एवम् शाकाहारी अभियन्ता कपिल ठक्कर र श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका पुर्वअध्यक्ष,नेपाल शाकाहारी संघका महासचिव एवम् शाकाहारी अभियन्ता मातृका प्याकुरेलको बिशेष सहयोगमा उक्त डकुमेन्ट्री चलचित्र देखाईएको हो ।
जिल्लाको कलैया उपमहानगरपालिका र जीतपुरसिमरा उपमहानगरपालिका १० वटा भन्द बढि विद्यालय,कलेज र समुदायमा झण्डै २ हजार भन्दा बढि जनालाई उक्त पर्यावरण संरक्षण एवम् अहिंसा सम्बन्धी सचेतनामुलक डकुमेन्ट्री चलचित्र देखाईएको छ ।

डकुमेन्ट्री चलचित्रमा नेपालका विभिन्न मठमन्दिर,सार्वजनिक स्थलमा गरिने पशुहिंसा र यसबाट बालबालिका,युवा लगायत आम मानिसको मनस्थितिमा पर्ने नकारात्मक प्रभाव साथै पर्यावरणमा पर्ने असर बारेमा सन्देश दिईएको अभियान्ता प्याकुरेले बताउनुभयो ।
बढ्दो प्रदुषणका कारण पृथ्वीको तापक्रम (ग्लोवल वार्मिङ्ग) र मौसममा भैरहेको परिवर्तनले सवै प्रजातीमा प्रत्यक्ष तथा परोक्ष फरक पारिरहेको वारे साथै भिडियोले विद्यार्थीहरुलाई चेतना जगाउने रहेको प्याकुरेलले जानकारी दिनुभएको छ ।
सो अवसरमा शाकाहारी अभियन्ताद्धय ठक्कर र प्याकुरेलले विद्यार्थीहरुलाई आजको समयमा मानवद्वारा सृजित प्रदुषण किन र कसरी बढीरहेको छ ? यो प्रदुषण कम गर्नका लागि मानवले आफ्नो तर्फबाट गर्नुपर्ने प्रयासका बारेमा सचेतना जगाएका थिए ।
मानवले आफु अनुकुल विकासको नाममा गरिरहेको प्रकृति दोहनले निम्त्याउने बिनासले प्रलयको रुप लिने कुरालाई आउने पुस्ताले बुझ्न जरुरी बिषयलाई यो अभियानले ठुलो मद्दत पु¥याउने कार्यक्रममा सहभागि नेरामावि जीतपुसिमरा १७ रघुनाथपुर बाराका प्रधानाध्यापक सुरेन्द्र चौरसियाले बताएका छन ।
यसैगरी यो अभियान अन्र्तगत मकवानपुर जिल्लाको हेटौडाका विभिन्न विद्यालयहरु र विभिन्न समुदायहरुमा पनि डकुमेन्ट्री चलचित्र देखाईएका अभियन्ता प्याकुरेलले साझेदारी दैनिकलाई बताएका हुन ।


