बारामा स्कुटर दुर्घटनामा दुई किशोरी घाइते, एकको अवस्था गम्भीर

साझेदारी डेलि
341 पाठक संख्या

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ भगिरथ लाइनस्थित होटल अगाडि वीरगञ्ज–पथलैया सडकखण्डमा स्कुटर दुर्घटना हुँदा दुई किशोरी घाइते भएका छन्। आज दिउँसो करिब १२ः१० बजे जितपुरबाट सिमरातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०३९ प २६८६ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा स्कुटर चालक जितपुरसिमरा उपमहानगरपालिका–१७ रामनगर निवासी बासुदेव मोक्तानकी १६ वर्षीया छोरी सुप्रिया मोक्तान गम्भीर घाइते भएकी छन्। उनको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन् ।

त्यसैगरी स्कुटरको पछाडि सवार सोही स्थान निवासी तिलकबहादुर रुम्बाकी १६ वर्षीया छोरी सुप्रिया रुम्बा पनि घाइते भएकी छन्। उनको अनुहार, बायाँ हात तथा दुवै खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रवक्ता घलेले जानकारी दिए । उनका अनुसार दुवै घाइतेको एलएस न्युरो अस्पताल, परवानीपुर बारामा उपचार भइरहेको छ। दुर्घटनाग्रस्त स्कुटर इलाका प्रहरी कार्यालय जितपुरको नियन्त्रणमा रहेको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक तेजनारायण बैठाको कमाण्डमा दुई जनाको प्रहरी टोली खटिएको थियो।

Leave a review

This will close in 0 seconds