अनुप दिपनी माध्यमिक बिधालय कोल्हवीको ७२ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

साझेदारी दैनिक
410 पाठक संख्या

कोल्हवी : धिरेन्द्र पनुहर /बाराको कोल्हवी नगरपालिका वाड नम्बर १ कोल्हबीमा रहेको अनुप दिपनी माध्यमिक बिधालयको ७२ औं वार्षिकोत्सब तथा अभिभावक दिवस आइतबार एक कार्यक्रमको बिच सम्पन्न भएको छ ।

बिधालय व्यवस्थापन समितिका अध्यक्ष किशोरी प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमलाई प्रमुख अतिथि बारा निर्वाचन क्षेत्र न १ का प्रतिनिधि सभा सदस्य माननीय अच्युत मैनालीले पानसमा बत्ती बाली उदघाटन गर्नु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथी समेत रहनु भएका माननीय अच्युत मैनालीले बिधालयको शैक्षिक तथा भौतिक गुणस्तरमा सधै भरी सहयोग गर्ने प्रतिबद्धता गर्नु हुँदै यस बिधालयमा निर्माण हुने एक करोडको भवनको ठेक्का लागि सकेको समेत जानकारी गराउनु भयो ।

यस बिधालयको शैक्षिक गुणस्तर उकास्नको लागि शिक्षक,अभिभावक,बिधालय व्यवस्थापन समिती र बिद्यार्थीको अहम भुमिका हुने भएकोले सबैले आ आफ्नो जिम्मेवारी ईमानदारीपूर्वक निर्वाह गर्न आग्रह गर्नु भयो ।यस बिधालायका प्र .अ. रामप्रकाश चौधरीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा शिक्षक उमेश चौधरी,शैलेन्द्र चौधरी,आनन्द चौधरी र स्व. गजेन्द्र चौधरीलाई सम्मान पत्रले सम्मानित गरिएको हो ।

कार्यक्रममा शुभकामना मन्तव्य मिश्रीलाल साह,भद्री भटटा,जितन चौधरी,ढुण्डिराज उप्रेती,कमला उप्रेती,केवल प्रसाद चौधरी,डा. द्वारिक उप्रेती,नगर प्रमुख रामप्रसाद चौधरी लगाएतकोले राख्नु भएको थियो ।

शिक्षक नन्देश्वर चौधरी र जीवन पोखरेलले संचालन गर्नु भएको कार्यक्रममा बिधालय व्यवस्थापन समिति सदस्य त्रियोगी प्रसाद चौधरीले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी,उपप्रमुख लक्ष्मी कुमारी चौधरी,वाड न १ का वडा अध्यक्ष राजहरण चौधरी,शिक्षा शाखा प्रमुख मिश्रीलाल साह, सपही कलेजका सभाअध्यक्ष केवल प्रसाद चौधरी,सपही कलेज व्यवस्थापन समितीका अध्यक्ष ढुण्डिराज उप्रेती,बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती,ने. रा. मा. बि.सपहिका प्र. अ भुनेश्वर चौधरी,जनता मा. बि. ककडी प्रसौनाका प्र. अ चन्द्रदेव कुशवाहा,जयसिंह चौधरी,निर्धन उत्थान बैकका प्रमुख लेक बहादुर थापा,लोक बहादुर लामा लगायतको उपस्थित रहेको थियो ।

Leave a review

This will close in 0 seconds