चन्द्रपुर नगरपालिकामा १५ शैया अस्पतालको शिलान्यास

साझेदारी दैनिक
364 पाठक संख्या

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा १५ शैया अस्पतालको लागि नया भबन बन्ने भएको छ ।

सुबिधा सम्पन्न अस्पताल निर्माणको लागि शिलान्यास गर्दै चन्द्रपुरका नगर प्रमुख सन्जय काफ्लेले नगरवासीको स्वास्थ उपचार सलब र शुलब तवरले उपलब्ध गराउने चुनाबी बाचा पूरा गर्ने उद्देश्य सहित नयाँ अस्पताल भवनको सिलान्यास गरिएको बताएका छन् ।

चन्द्रपुर नगरपालिका वडानम्बर ५ स्थीत शन्तानेश्वर महादेब मंन्दिर पछाडी रहेको जमिनमा बन्ने अस्पताल संघिय सरकार र चन्द्रपुर नगरपालिकाको बजेटबाट निर्माण हुनेछ ।

यस आर्थीक बर्षको लागि भबन निर्माणको लागि साहु कन्स्ट्रक्सनले ४ करोड ९ लाखमा निर्माण गर्ने गरि टेण्डर सकार गरेको हो । तीन बर्ष भित्र पुरा गर्ने लक्ष्यको साथ काम अघि बढाइएको छ ।

अन्डरग्राउण्ड पार्किङ्ग सहित सुबिधा सम्पन्नको अस्पताल भबन निर्माण गरिने भएको हो । बजेट अनुसार थप सुबिधाका लागी ठेक्का लगाउदै जाने नगर प्रमुख काफ्लेले बताए ।

Leave a review

This will close in 0 seconds