चिकित्सकको लापारवाहीले हात काटनु परेको अभिभावकको गुनासो

राम मण्डल
409 पाठक संख्या

चिकित्सकको लापारवाहीका कारण आफनो छोराको हात काटनु परेको पिडीतले वीरगञ्जमा बिहीबार आरोप लगाएका छन् ।

एक पत्रकार सम्मेलन गरी वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ निवासी उषा देबीले यस्तो आरोप लगाएकी हुन् ।

उनले आप्mनो छोरा भोला साहको उपचारको क्रममा हात काटनु परेको आरोप लगाईन । उनले वीरगञ्जको आशाराम अस्पतालका डाक्टर अलोक दासले लापारवाहीपुर्बक उपचार गरेका कारणले निको हुने आफनो बिरामी छोराको हात काटनु परेको दावी गरिन् ।

गत कार्तिक १२ गते भारतको रक्सौलमा अटो रिक्सा दुर्घटना हुदा साहको हात भाच्चिएको थियो । रक्सौलकै एस आर पी अस्पतालमा डाक्टर आलोक दाससहितले उपचार गरेकोमा त्यहाँबाट डिस्चार्ज गरिएको थियो ।

सोही अस्पतालमा समेत कार्यरत रहेका डा.दासले छोरालाई थप उपचार आफनै वीरगञ्जकै आशाराम अस्पतालमा ल्याए गरिदिने भनेका थिए ।

त्यहाँ डा.दासले चरम लापारवाही गरेका कारणले छोराको बायाँ हात काटनु परेको उषाले पत्रकार सम्मेलनमा जनाइन् । केही दिन आशाराम अस्पतालमा नै उपचार गरेका डा.दासले पछि आफनो छोराको हातको घाउ बढदै गएपछि पुनः रक्सौलकै अस्पतालमा लैजान भनेका थिए ।

रक्सौलको एसआरपी अस्पतालमा फेरि छोरालाई देखाउन लैजादा त्यहाँका डाक्टरले हात नै काटनुपर्ने भनेपछि आफु छाँगाबाट खसेको जस्तै भएको उनले बताईन् । छोराको हात काटन डाक्टरले भनेपछि काठमाण्डौंको बि एण्ड बि अस्पतालमा लगेर आफनो छोराको ज्यान बचाउनको लागि हात काटनुपरेको उनको भनाई छ ।

डाक्टर आलोक दासले आफनो अस्पतालमा  उपचार गर्नेक्रममा चरम लापारवाही गरेकाले आफनो छोराको हात काटनु परेकोले डाक्टर दासलाई कारवाही हुनुपर्ने उनले माग गरिन् । आफु गरिब भएको तथा छोराको उपचारमा हालसम्म १२ लाख रुपैया खर्च भईसकेका कारणले क्षतिपूर्ति उपलव्ध गराउनुपर्ने माँग गरिन् ।

जिल्ला प्रशासनमा उजुरी दर्ता गराउदा पनि हालसम्म केही कारवाही हुन नसकेकोले आफु बाध्य भएर पत्रकार सम्मेलन गर्नु परेको उनले बताईन् ।

आफनो छोराले आशाराम अस्पतालमा अप्रेशन नगरेको सबै अप्रेशन बिरामीको रक्सौलको एस आरपी अस्पतालमा भएको चिकित्सक दासकी आमा निभा दासले बताइन् । त्यहाँ बुझनुपर्ने कुरालाई लिएर बिरामी र आफन्तहरुले उल्टै मानसिक तनाव दिएको उनले बताईन ।

उनले आफुलाई बिरामीको हात काटेको भन्दै प्रहरी प्रशासनमा समेत छलफल गर्न लगिएकोजनाइन् । त्यहाँ पनि आफुले बिरामीको अप्रशेन आशाराममा नभई रक्सौलको एसआरपीमा गरिएको उतै जानुपर्ने बताएको दासले बताईन ।

Leave a review