थप चिसो बढ्दै,कलैया उपमहानगर क्षेत्रमा दाउरा बितरण

साझेदारी दैनिक
285 पाठक संख्या

कलैया: राजेश कुशवाहा/ दिन प्रति दिन बढदै गएको चिसोले बारा लगायतको क्षेत्रमा जनजिवन कष्टकर बनेको छ ।

दिनभरी नै चिसो हावा चल्ने गरेका कारण हात,खुटृा समेत चिसो हुने थालेको छ । अत्याधिक चिसो बढेपछि मानिसहरु आगोको सहारा लिन थालेका छन । चिसोले बाल बालिका र बृद्धबृद्धालाई समस्या भएको छ ।

चिसो बढेपछि बाल बालिका तथा बृद्धृबद्धामा रुखाखोकी,ज्वारो,कोल्डायरीया लगायतका रोगहरुको संक्रमण देखिएको प्रादेशिक अस्पताल कलैया अस्पतालले जनाएको छ । चिसो बढेपछि मानिसहरु अंधिकास समय घर भित्र बिताउन थालेका छन ।

काम बिशेषले घर बाटै निस्कने परेमा मोटो कपडा लगाएर निस्कने गरेका छन । चिसोले सडक तथा बजार क्षेत्रमा मानिसहरुको चहलपहल घटेको छ । जिल्ला स्थित सरकारी कार्यालयमा समेत सेवाग्रहीको भिडभाड कम हुन थालेको कार्यालयहरुले जनाएको छ । चिसोले बिधार्थीहरुको पठन पाठन समेत प्रभावित बनेको छ ।

चिसो सदरमुकाम कलैया बजारका रहेका रेडिमेड पसलहरुमा मोटो कपडाहरुको बिक्री बढेको शिव शंकर ट्रेडर्स कलैयाका सञ्चालक अजय सरार्फले जानकारी दिएका छन । चिसो बाट बच्नका लागि मानिहरु तातो खानेकुरा खान थालेका छन।

चिसोले कलैया बजारमा माछा,मासु ,अण्डाको बिक्री बढेको छ । चिसो बढेपछि कलैया बजारका चिया पसलमा ग्राहकहरुको भिड बढेको छ । अत्याधिक चिसो बढेपछि पशु पालक कृषकहरु लाई घास ल्याउन समस्या भएको कलैयाका पशु पालक कृषक रामाधार पटेलले बताएका छन ।

यता अत्याधिक चिसो बढेपछि बाराको कलैया उपमहानगरपालिकाले बुधबारदेखि दाउरा बितरण गर्न शुरु गरेको छ । कलैयाको सार्वजनिक स्थान,चोक,चौरहा,सरकारी कार्यालय लगायतका स्थानमा आउने बटुवा,यात्रु,ग्राहक,उपभोग्ता,सेवाग्राहीलाई चिसो छल्नका लागि दाउरा बितरण गर्न शुरु गरेको हो ।

वातावरण तथा बिपद व्यवस्थापन महाशाखाका सयोजक अनिल पाण्डेयका अनुसार भरत चोक कलैया ,प्रादेशिक अस्पताल कलैया,देवकोटा चोक,गुप्ता सिनेमा हल रोड ,तिन कुने चोक, मालपोत तथा भुमी सुधार कार्यालय लगायतका स्थानमा आगो बालिएको छ ।

Leave a review

This will close in 0 seconds