शहीद दिवसमा कलैया उपमहानगरका विद्यालयमा सार्वजनिक बिदा

साझेदारी दैनिक
229 पाठक संख्या

कलैया : बाराको कलैया उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा माघ १६ गते बुधबार शहीद दिवसको बिदा दिएको छ।

कलैया उपमहानगरपालिकाका उप सचिव प्रहलाद बर्णवालले मंगलबार एक सार्वजनिक सूचना जारी गरी सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिईएको जानकारी गराएका हुन्।

नेपाल सरकारले प्रकाशन गरेको २०८१ सालको राजपत्रमा शहीद दिवसका दिन सार्वजनिक बिदा दिईने उल्लेख भएकाले बिदा दिईएको सूचनामा उल्लेख गरिएको छ।

Leave a review

This will close in 0 seconds