पुजारी हत्याको सत्यतथ्य छनविन गर्न धार्मिक संस्थाको माग

साझेदारी दैनिक
साझेदारी दैनिक 419 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रौतहटका पुजारीको हत्याको छानविन गर्न माग गर्दै बाराका विभिन्न धार्मिक संस्थाहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन ।

जिल्लाको माधवनारायण नगरपालिका वडा नं. २ बेसरैया टोल स्थित हनुमान मन्दिरको पुजारी श्रीराम साहको हत्याको बिषयमा घटनाको वास्तविक रहस्य के थियो सोको सत्यतथ्य के थियोे ? लगायतका विषयमा सार्वजनि गर्न जिल्ला कलैया स्थित विभिन्न धार्मिक संघ संस्थाहरुले संयुक्तरुपमा बारा जिल्लाअधिकारी रुद्रप्रसाद पण्डित मार्फत सरकारलाई ज्ञापन पत्र बुझाइएका हुन ।

घटनाको सत्यतथ्य सार्वजनिक गरि दोषीलाई कानुन बमोजिम कडा भन्दा कारबाहीको माग गर्दै युवा पण्डित नवराज घिमिरेको संयोजकत्वमा गएको टोलीले मंगलवार ज्ञापनपत्र बुझाएको हो ।

समाचार शेयर गर्नुहोस
Leave a review