ज्वालादल गण तेक्वान्दो डोजाङका खेलाडीहरुको ग्रेडिङ बेल्ट परीक्षा सम्पन्न

साझेदारी दैनिक
337 पाठक संख्या

कलैया :ज्वालादल गण तेक्वान्दो डोजाङका खेलाडीहरुको दोस्रो पटक ग्रेडिङ बेल्ट परीक्षा सम्पन्न भएको छ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका स्थित रहेको श्री ज्वाला दल गण अमलेखगञ्जमा जिल्ला बारा तेक्वान्दो संद्धको आयोजनामा बिहिवार एक कार्यक्रम बिच तेक्वान्दो डोजाङ्गका खेलाडीहरुको दोस्रो पटक बेल्ट परीक्षा भएको हो।

सो ग्रेडिङ बेल्ट परीक्षाका प्रशिक्षक सन्जय साह रहेका थिए। ज्वाला दलका मेजर गंगाधर ढकालको अध्यक्षतामा सो कार्यक्रम भएको हो।

कार्यक्रममा तेक्वान्दो डोजाङ्ग जिल्ला अध्यक्ष नन्दु लामा,राजकुमार चौधरी,विद्यार्थी,सैनिकहरु लगायतको उपस्थिति रहेको थियोे।

Leave a review

This will close in 0 seconds