बसको ठक्करबाट मोटसाइकल चालकको मृत्यु

साझेदारी दैनिक
477 पाठक संख्या

कलैया । बारामा बसको ठक्करबाट मोटसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहट बिजयपुर लक्ष्मिनिया नगरपालिका वडा नम्बर ५ बरगिनिया बस्ने ३५ वर्षीय अनिल प्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजय राज पण्डितले जानकारी दिएका छन् ।

कलैया उपमहानगरपालिका वडा नम्बर १४ बघवन स्थित बरियारपुरबाट कलैया तर्फ आउदै गरेको ना ६ ख ५०६७ नम्बरको बस र विपरित दिशाबाट जादै गरेको ना ३९ प ७३६७ नं.को मोटरसाइकल एकआपसमा ठोक्किदा मोटसाइकल चालक यादव घाईते भएका थिए ।

घाइते यादवलाइ प्रादेशिक अस्पताल कलैया लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन ।

Leave a review

This will close in 0 seconds