कलैया । पर्सा प्रहरीले अवैध लागुऔषध खैरो हेरोईन ५०.७ ग्रामसहित दु्ई जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ।
लागु औषध नियन्त्रण व्यूरो कोटेश्वरका निमित्त कार्यालय प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका हुन्।
लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा विरगंज महानगरपालिका वडा नं. १५ बाट उनीहरुलाई लागु औषध खैरो हेरोईनसहित पक्राउ गरी आवश्यक अनुसन्धान कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगंजमा बुझाईएको विज्ञप्तिमा लेखिएको छ।
पक्राउ पर्नेमा पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिका वडा नं. ४ का २४ वर्षीय सम्साद देवान,सोही जिल्लाको बिन्दबासनी गाउँपालिका वडा नं. ५ का २२ वर्षीये सनप्राज शेख पक्राउ परेका हुन्।
उनीहरुको साथबाट लागु औषध खैरो हेरोईन ५०.७ ग्राम,मोबाइल एक थान, अनटेष्ट मोटरसाइकल एक थान बरामद भएको प्रहरीले जनाएको छ।


