बकुलियामा रहेको नेरा नमुना माविमा चोरी

रञ्जन यादव
320 पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ५ बकुलियामा रहेको श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक बिद्यालयमा चोरी भएको छ ।

चोरहरुले शनिवार राति बिद्यालयबाट करिब १ लाख ८० हजार बराबरको समान चोरी गरेको बिद्यालयले जनाएको छ ।

राति चोरले बिद्यालय बाट ७ वटा सिपियु र एउटा प्रोजेक्टर चोरी गरेको बिद्यालयले जनाएको हो ।

बिद्यालयमा राति गार्ड डिउटीमा हुदा हुदैं बिद्यालय बाट १ लाख ८० हजार बराबरको समान चोरी भएको र बिद्यालयमा राति देखि बिहान ७ बजे सम्म सिसि टिभी क्यामेरा समेत बन्द रहेको जनाईएको छ । यता प्रहरीले चोरी गर्नेलाई खोजी गरिरहेको जनाएको छ ।

Leave a review