४७ जना मोतियाबिन्दुको बिरामीको शल्यक्रिया गरायो

रञ्जन यादव
372 पाठक संख्या

जीतपुर : घण्टीमाई बचत तथा ऋण सहकारी संस्था लि. औराहाले ४७ जना मोतियाबिन्दुको बिरामीहरुको निशुल्क सल्यक्रिया गराएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ को समन्वय तथा नेपाल आँखा अस्पताल,त्रिपुरेश्वरको प्राविधिक सहयोगमा घण्टीमाई बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा भएको शिविरमा मोतियाबिन्दु देखा परेका बिरामीहरुको निशुल्क शल्यक्रिया गरिएको हो ।

शिविरमा कुल २२७ जनाले आँखा परीक्षण गराएका थिए,जसमा ४७ जनामा मोतियाबिन्दु देखिएको संस्थाका अध्यक्ष कोपिला सिम्खडाले बताईन् ।

ती बिरामीहरूको निशुल्क शल्यक्रिया औराहा स्थित नेपाल आँखा अस्पताल त्रिपुरेश्वरद्धारा सञ्चालित छेनाहरी फतमा आँखा उपचार केन्द्रमा सल्यक्रिया गरिएको छ ।

कार्यक्रमले आर्थिक अभावका कारण उपचार गर्न नसकेका व्यक्तिहरूलाई राहत मिलेको र आँखाको स्वास्थ्यप्रति समुदायलाई सचेत गराएको आयोजक संस्थाका सुचना अधिकारी अस्मिता शर्माले जानकारी दिईन् ।

Leave a review

This will close in 0 seconds