सम्पादकीय : रक्षक भक्षक बन्न हुदैन

साझेदारी दैनिक
761 पाठक संख्या

कलैया : रक्षकको काम भनेको रक्षा गर्नु हो। रक्षकलाई राज्यले तलब दिएर रक्षा गर्न खटाएको हुन्छ। उनीहरुलाई जिम्मेवारी दिइएको हुन्छ। सो जिम्मेवारी पालन गर्नु हो उनीहरुको कर्तव्य हो।

नेपालको सन्दर्भमा रक्षकले आफ्नो काम कर्तव्य छाडेर पैसा कमाउन गरेको प्रयासहरु धेरै नै हुने गरेको छ। भन्सार छलीको सामाग्री भन्सार नाकाबाट नियन्त्रणमा लिइदैन। सीमावर्ति शहरबाट लिइदैन।

ति सामाग्री ३० किलोमिटर पर गएर नियन्त्रणमा लिइन्छ। व्यापारीले सीमावर्ति शहरबाट बिल सहित लिएको सामाग्रीमा समेत विल चित्तबुझ्दो भएन भनेर सामानलाई नियन्त्रणमा लिएर अनावश्यक दुख दिइन्छ। विलविजक भन्दा बढीको सामाग्रीको अलग्गै कथा छ।

नेपालको राजनीतिक दल तथा शासन तथा प्रशासनलाई व्यापारी भनेको लुटेरा नै हुन्,भन्ने मानसिकता व्याप्त रहेको छ। जस्को कारण राजश्व तथा रोजगार सृजना गर्नेहरु माथि लगातार प्रहार भइरहेको हुन्छ।जस्को कारण उद्योगी तथा व्यापारीहरु लगातार पीडित हुने गर्छन्।

सरकारले कडाई गर्न आवश्यक छ। सो अनुसार उसले सीमामै सबभन्दा बढी कडाई गर्न आवश्यक हुन्छ। हामी कहाँ त्यसो हुदैन। सीमाबाट सामान ल्याउन दिइन्छ। तस्करी गर्न दिइन्छ।

सीमाबाट सामान आइरहेको हुन्छ। विना भन्सार चेक भएर आउछ। सीमाक्षेत्रमा खटने सुरक्षाकर्मीले पैसा उठाउने गर्छन्। सो पैसा उनीहरुको तलब भन्दा पनि अधिक हुन्छ। उनीहरुको सो पैसा खल्तीको कमाइ रहेको हो। सो को राजश्व समेत आउँदैन।

यसै सन्दर्भमा बाराको मटिअर्वा छोटी भन्सार नाकामा प्रहरीकै संरक्षणमा तस्करी हुने गरेको खुलसा भएको छ ।

सीमा सुरक्षा र तस्करी नियन्त्रण गर्न खटिने सशस्त्र प्रहरीहरुकै संलग्नतामा बोर्डरमा तस्करी हुनेगरेको तथ्य फेला परेको हो। छोटी भन्सारहरुबाट नै तस्करी हुने गरेको देखिएको छ। सशस्त्रका जवानहरुले तस्करीमा सामान ल्याउनेहरुसंग रकम लिएर सामान पास गर्ने गरेको पाईएपछि भिडियो नै बारामा सार्वजनिक भएको छ।

तस्करी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरीले आफै पैसा लिएर तस्करी गराउने पुष्टि भएको छ।सशस्त्र प्रहरी बल बिओपी मटिअर्वाका प्रहरी नायब उपरीक्षक योगराज दाहालको निर्देशनमा सेटिङ मिलाएर मटिअर्वा नाकामा व्यापक तस्करी भइरहेको स्थानीयहरुले गुनासो रहेको छ।

नायब उपरीक्षक दाहालको मिलोमतोमा नाकामा दैनिक दिन रात साईकल तथा मोटरसाईकलमा भन्सार छलेर व्यापक सामान ओसारपसार भईरहेको पाइएको छ। सशस्त्र प्रहरीले बस्ने ठाँउमा एउटा कार्टुन राखेको र त्यो कार्टुनमा दैनिक साइकल र मोटरसाइकलमा तस्करी गर्ने ब्यक्तिहरु संग १० देखि एक हजार रुपैयाँ लिने गरेको पाइएको छ।

यो एक ठाउँको समस्या होइन्। यो समस्या नेपालको अन्तराष्ट्रिय सीमा जोडिएको अधिकांश जिल्लाको हो। यसमा सबै डुबेका छन्। अवैध आम्दानीको चपेटामा सबै डुबेका हुन्।

तस्करी रोक्न आवश्यक रहेको छ। सीमामै तस्करी रोकेर नेपाल भरीका व्यापारी,उद्योगी तथा नागरिकलाई राहत दिन आवश्यक रहेको छ। यस्को लागि रक्षक भक्षक बन्न हुदैन।

Leave a review

This will close in 0 seconds