कांग्रेस–एमालेको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरिरहेको छ–पूर्व प्रधानमन्त्री दाहाल

साझेदारी दैनिक
383 पाठक संख्या

कलैया : नेकपा माओवादी केन्द्रका केन्द्रिय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कांग्रेस–एमालेको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरिरहेको आरोप लगाएका छन्।

नेकपा माओवादी केन्द्र बाराले कलैयामा बिहीबार आयोजना गरेको जनतासंग माओबादी तराई मधेश जागरण सभालाई प्रमुख आतिथ्यबाट सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

यो सरकारले दलाललाई प्रोत्साहन गरिरहेको समेत बताए।कांग्रेस र एमालेको कारण देशमा प्रतिगमन र निरकुंशले टाउको उठाउन खोजेको छ उनले भने ।देश र जनताको हितका लागि, संविधानको रक्षाका लागि हुलाकी राजमार्ग केन्द्रित जागरण सभाको आयोजना गरिएको बताए।

मधेशसंग माओवादीको सम्बन्ध विगार्ने षडयन्त्र भईरहेको उनले आरोप लगाए। मधेशसंग माओवादीको गहिरो सम्बन्ध रहेको स्थापित गर्न जागरण सभा शुरु गरिएको उनको भनाई रहेको थियो। माओबादी पार्टीले मधेशी जनताको समृद्धीको लागि आवाज उठाएको समेत उनले बताए।

यो अभियान अन्तर्गत जनताको पीडा,मर्का र समस्या बुझने कोशिश गरिरहेको समेत बताए। उनले कृषि र उद्योगका समस्याहरुलाई गहिरो रुपमा अध्ययनन गरिरहेको समेत बताए। उनले सिम्रौनगढलाई बिश्व सम्पदामा राख्नका लागि नेपालले पहल गर्नुपर्नेमा जोड दिए।

सिम्रौनगढलाई पर्यटकीयस्थल बनाउनु पर्ने उनको भनाई रहेको थियो। उनले मटिअर्वा छोटी भन्सारको स्तरोन्नतिका लागि पहल गर्ने बताए।कलैया गञ्जभवानीपुर सडक बनाउनका लागि सरकारको ध्यानाकर्षण गराईने उनले जनाए।

उनले माओवादी केन्द्र कसैको बैशाखी नबन्ने समेत बताए। माओवादी आफ्नै खुटृामा उभिएर परिणामलाई आफ्नो पक्षमा ल्याउने सक्ने बताए।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व गृहमन्त्री एवम् नेकपा माओबादी केन्द्रका केन्द्रिय उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधान कार्यान्वयनको प्रक्रियामा रहेको बताए । उनले भ्रष्टाचारीलाई कारवाही नगरिकन देशलाई समृद्ध बनाउन नसकिने उनले ठोकुवा गरे।उनले भ्रष्टाचारीलाई रक्षा गर्नका लागि अहिलेको सरकार बनेको आरोप लगाए।

उनले देशमा आर्थिक सामाजिक रुपान्तरणका लागि माओवादीले महत्वपूर्ण भूमिका खेलेको बताए। उनले प्रतिगामी शक्तिलाई खबरदारी गर्न आएको बताए। उनले देशमा यथास्थितिबादलाई टिक्न नदिने समेत चेतावनी दिए। उनले देशलाई समृद्ध बनाउनका लागि माओबादी केन्द्र नेतृत्वको सरकार चाहिएको समेत बताए ।

उक्त कार्यक्रममा बोल्दै नेपाल समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष एवम् पूर्वमन्त्री महेन्द्र रायले संविधानको रक्षाका लागि माओवादी चाहिएको बताए ।

देशमा रहेको संविधान बिरोधी ताकतलाई परास्त गर्न एक जुट हुनुपर्ने उनको भनाई रहेको थियो। उनले उपेन्द्र यादवले मधेशलाई बर्बाद गरेको आरोप लगाए। यादवले मधेशको जनताको शौदाबाजी गरेको उनले बताए। उनले भत्ता बन्द गरी जनताको विकास गर्नुपर्ने बताए।

नेकपा माओवादी केन्द्रका मधेश प्रदेश ईन्चार्ज एवम् केन्द्रिय उप महासचिव मातृक यादवले माओबादीले पनि जनताको भावना बुझन नसकेको बताए।

उनले जनता संग सम्बन्ध स्थापित गर्न अभियान थालिएको बताए। उक्त अवसरमा माओबादीका शहीद परिवारलाई सम्मान गरिएको थियो। उक्त कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रिय उपाध्यक्ष द्वय पम्पा भुषाल,अग्नि सापकोटा,केन्द्रिय महासचिव देव गुरुङ्ग,पार्टीका उपमहासचिव गिरीराजमणि पोखरेल,पार्टीका केन्द्रिय सदस्य विश्वनाथ साह,प्रहलाद बुढाथोकी,महेन्द्र पासवान लगायतको उपस्थिति रहेको थियो।

नेकपा माओबादी केन्द्रका जिल्ला ईन्चार्ज क्षेत्रबहादुर श्रेष्ठको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सञ्चालन नेकपा माओबादी केन्द्रका युवा नेता मुकेश साह एवम् स्वागत महिला नेतृ गिता कंडेलको रहेको थियो।

Leave a review