जनप्रतिनिधि र कर्मचारीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी भयो गढीमाई नगरपालिकामा अभिमुखिकरण

साझेदारी दैनिक
557 पाठक संख्या

रौतहट : ओम प्रकाश यादव / जनप्रतिनिधि र कर्मचारीहरुलाई क्षमता अभवृद्धि सम्बन्धी दुईदिने अभिमुखिकरण तालिम रौतहटको गढीमाई नगरपालिकामा दिइएको छ।

स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूको कार्य सम्पादन प्रभावकारी बनाउन सो तालिम दिइएको हो। सेवाग्राहीलाई सहज ढंगले छिटोछरितो सेवा प्रदान गर्ने उद्देश्यले उनीहरुलाई दुईदिने क्षमता अभिवृद्धि सम्बन्धी अभिमुखीकरण तालिम दिइएको हो।

गढीमाई नगरपालिकाको पञ्जीकरण शाखाको आयोजनामा गरुडा स्थित एक होटलमा सो तालिम भएको गढीमाई नगरपालिकाले जनाएको छ। जनप्रतिनिधि तथा कर्मचारीहरुबीच दुईदिने क्षमता अभिवृद्धि सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।

नगरपालिकाको काम कारवाहीप्रति जनप्रतिनिधि र कर्मचारीलाई उत्तरदायी बनाउने उद्देश्यका साथ सो तालिम दिइएको हो। विद्यमान ऐन कानुनहरूको बारेमा जानकारी दिन तथा उनीहरूको क्षमता अभिवृद्धि गर्न अभिमुखिकरण तालिमको आयोजना गरिएको पञ्जीकारण शाखा प्रमुख हरेन्द्र साहले साझेदारी दैनिकलाई जानकारी दिए।

तालिममा व्यक्तिगत घटना दर्ता,जन्म,विवाह,मृत्यु,बसाइसराई,सम्बन्ध विच्छेद,सामाजिक सुरक्षा भत्ता लगायतको विषयमा प्रशिक्षण दिइएको हो। यस्तै बैंकिङ प्रणालीमा दर्ता,विभिन्न घटना दर्ता सम्बन्धी रहेको विद्यमान कानुनी व्यवस्था,विपद् पूर्व तयारी,योजना छनौट,सञ्चालन अन्य कार्यहरू गर्न रहेको नीति नियम बारे प्रशिक्षण दिइएको शाखा प्रमुख साहले बताए।

राष्ट्रिय परीचपत्र तथा पञ्जीकरण विभाग सिंहदरबार काठमाण्डौका प्रशिक्षक राजीव राई र सोही विभागका शाखा अधिकृत जीत बहादुर चौधरी सो तालिमका प्रशिक्षक थिए।

गढीमाई नगर प्रमुख श्याम प्रसाद यादव र नगर उपप्रमुख अस्मिता कुमारी यादवले संयुक्त रूपमा सो तालिमको उद्घाटन गरेका थिए। नगर प्रमुख श्याम प्रसाद यादवले कर्मचारीहरुको दक्षता क्षमता र सेवा सहजतालाई दिगो बनाउन यस्ता तालिमले ठुलो योगदान दिने उनले बताए।

यस्ता तालिमले कर्मचारीहरुमा उत्प्रेरणा तथा पुनर्ताजगी दिने उनले बताए। सिकेका कुरा व्यवहारमा लागु गर्न सके देश र जनताको लागि सहज हुने समेत उनले जनाए।

जनताको सहजताको लागि सुशासन पारदर्शिता र जवाफदेहिताले जनतामा सेवा सहज बनाउने उनले जनाए। कर्मचारी र जनप्रतिनिधि मिलि सेवाको भावले जनताको काम गर्नुपर्ने समेत उनले धारणा राखे।

कार्यक्रममा स्वागत गढिमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्रप्रसाद यादवले गरे। कर्मचारी र जनप्रतिनिधिमार्फत सेवाग्राहीले सहज रुपमा सेवा पाउन र सेवालाई थप चुस्त दुरुस्त बनाउन यस्तो तालिमले सहयोग पु¥याउने विश्वास उनले ब्यक्त गरे।

पालिकाको विकास र समृद्धिका लागि नीति नियम बनाउन र परिपालना गरी जनता सामु पु¥याउन जनप्रतिनिधि र कर्मचारीको बिशेष भूमिका रहने उनले जनाए।

प्रशिक्षणमा सहभागीहरुलाई सिकाइले आफ्नो अनुभव दक्षता र रचनात्मक कार्य गर्न उत्प्रेरणा प्राप्त गर्न सो तालिमको आयोजना गरिएको प्रशासकीय अधिकृत यादवले उनले बताए।

यस्तो तालिममा गढिमाईमा दोस्रो पटक सञ्चालन गरिएको हो। सो तालिममा ५३ जना जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो।

Leave a review

This will close in 0 seconds