बासठ्ठी लाख बराबरको सामाग्री बरामद

साझेदारी दैनिक
388 पाठक संख्या

कलैया :सर्लाही प्रहरीले आइतबार लाखौंको सामाग्री बरामद गरी राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ।

इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीले आइतबार सर्लाही बागमती न.पा.११ चेक प्वाईन्ट स्थितमा सो सामाग्री बरामद गरेको हो।

प्रहरी नायब निरीक्षकसुभाष यादवको कमाण्डमा खटिएको चेकिङ टोलिले बिराटनगरबाट नेपालगंज तर्फ जादै गरेको बा.प्र.०३–००१ ख ०९४१ नं.को कन्टेनर गाडि रोकी जाँच गरेको हो।

उक्त कन्टेनर (डब्बा) गाडिमा लोड भएको खुद्रा (मोटर पार्टस,जिरा,ए.सि.,ईलेक टोनिक) सर–समानहरूको बिल भरपाई शंकास्पद रहेका प्रहरीको दावी रहेको छ।

प्रहरीले ६२ लाख ३० हजार दुई सय दुई सय ७० रुपैयाँ मूल्य बराबरको सर–सामानहरु नियन्त्रणमा लिई उक्त कन्टेनर (डब्बा) गाडि र खुद्रा सर–समानहरु राजश्व कार्यालय पथलैया बाराको लागी पठाईएको प्रहरीले जनाएको छ।

Leave a review