Sajhedari Daily
Latest News from Nepal

नवनिर्वाचित लेखापढी व्यवसायीहरुको शपथ ग्रहण तथा कार्यभार

नेपाल लेखापढी कानुन व्यवसायी एसोशिएसन जिल्ला कार्य समिति बाराको नवनिर्वाचित कार्यसमितिको शुक्रवार शपथ ग्रहण तथा कार्यभार ग्रहण कार्यक्रम सम्पन्न गरिएको छ।

कलैया स्थित मालपोमत कार्यालय नजिकै रहेको व्यवसायीको कार्यालयमा आयोजित शपथ ग्रहण तथा कार्यभार कार्यक्रममा निवर्तमान अध्यक्ष जितनारायण प्रसाद पटेलद्वारा अध्यक्ष यादवलाई तथा अध्यक्ष यादवद्वारा समपूर्ण पदाधिकारीहरूलाई शपथ ग्रहण गराइएको थियो।

नव चिर्वाचित एसोशिएसनका पदाधिकारी तथा सदस्यहरुमा अध्यक्ष वृजकिशोर यादव, उपाध्यक्ष शिवपुजन ठाकुर, सचिव दिनेस प्रसाद राउत, सहसचिव विनोद कुमार कर्ण, कोषाध्यक्ष परमानन्द प्रसाद पटेल, सह कोषाध्यक्ष बुटन साह कानु, सदस्यहरूमा केश्व प्रसाद यादव, लामो प्रसाद यादव, नरेश कुमार कानु, नरेन्द्र तिवारी, उपेन्द्र कुमार जयसवाल, सुभाष यादव र सुनिता कुमारी कोइरालालाई शपथ ग्रहण तथा पदभार ग्रहण गराइएको थियो।

Comments are closed.