तरुण दल बाराको नेता–कार्यकर्ता भेटघाट कार्यक्रम

साझेदारी दैनिक
527 पाठक संख्या

कलैया : नेपाली काँग्रेस निकट नेपाल तरुण दल जिल्ला कार्यसमिती बाराले बुधबार पार्टी कार्यालय कलैयामा नेता कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल तरुण दल बाराका जिल्ला अध्यक्ष दिपेन्द्र पटेलको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसको सहमहामन्त्री एवं तरुण दल महाधिवेशन निर्देशन समितिको संयोजक डिना उपाध्यायज्युको प्रमुख आतिथ्यमा रहेको थियो ।

सो अवसरमा बोल्दै सहमहामन्त्री उपाध्यायले नेपाली काङ्ग्रेस जनताको पक्षमा राष्ट्रको पक्षमा भएको बताउदै यो देशको व्यवस्था,सिमाना,धर्म र संस्कृति यहाको नागरिकले रक्षा गर्ने बताईन ।

यसैगरी कार्यक्रममा नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङले गएको चुनावमा पुर्व पन्चे मेयर,सांसद र मन्त्री हुने आकाङ्क्षा राखी निर्वाचन लडेर सय मत पनि कटाउन नसकेको व्यक्ती राजावादीको पक्षमा सडकमा उत्रेको कुरा बताएका छन ।

अध्यक्ष गुरुङले अहिले सामाजिक सन्जालको चरम दुरुपयोग भएको कुरा बताउदै यदि सामाजिक सन्जाललाई युवा विध्यार्थीमाझ सहि तरिकाले चलाउन बाताबरण हुने हो भने युरोप,अमेरिकमा गएर गर्ने काम आफ्नो राष्ट्रमै बसेर गर्न सकिने कुरा बताए ।

उनले नेपाल तरुण दल केन्द्रीय समितिले दलको पाँचौ महाधिवेशन गर्ने निर्णय गरिसकेको हुनाले जिल्लामा पुर्णकालिन र प्रारम्भिक सदस्यहरु वितरण गरेर सङ्ग सङ्गै वडा र गाउँ नगरको अधिवेशन गरि केन्द्रमा पठाउन जिल्ला कार्यसमिती बारालाई निर्देशन दिनुभयो ।

यसैगरी कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तरुण दल महाधिवेशन निर्देशन समितिका सदस्य पार्टी केन्द्रिय सदस्य सरिता

Leave a review

This will close in 0 seconds