राष्ट्रियसभा बैठक पनि स्थगित

रासस
509 पाठक संख्या

काठमाडौँ । राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ ।

सोमबार बिहान ११ः१५ मा बस्नेगरी आजको बैठक स्थगित भएको सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी जानकारी दिएको छ ।

आज बिहान ११ः१५ मिनेटमा बस्नेगरी निर्धारित बैठक तीन पटक सरेको थियो ।

प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशकलाई हटाउने निर्णय सम्बन्धमा प्रधानमन्त्रीबाट सदनमा जानकारी गराउनुपर्ने माग गर्दै आएका छन् ।

Leave a review

This will close in 0 seconds