कक्षा ८ मा जेपिईसका विद्यार्थीले ल्याए उत्कृष्ट जिपिए

रञ्जन यादव
489 पाठक संख्या

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले सञ्चालन गरेको कक्षा ८ को परीक्षामा जीतपुरस्थित जीतपुर पब्लिक इङ्गलिश स्कूल (जे.पि.ई.स) का विद्यार्थी आयुष कुमार झा संस्थागत विद्यालयतर्फ उत्कृष्ट जि.पि.ए. प्राप्त गर्दै सफल भएका छन्।

उनले ३.९८ जि.पि.ए. हासिल गरेका हुन्। विद्यालयका संयोजक कृष्ण पटेलका अनुसार झाले विद्यालयको नाम उजागर गर्ने गरी उच्च सफलता प्राप्त गरेका हुन्।

बिद्यालयको बार्षिक परीक्षा परिणाम सार्वजनिक गर्ने दिन शनिबार विद्यालयले झालाई झोला सहितका शैक्षिक सामग्री प्रदान गर्दै सम्मानसमेत गरेको थियो। साथै,झाको आगामी विद्यालय तहको पढाइ पूर्ण रूपमा निःशुल्क गरिने विद्यालयका प्रिन्सिपल केशब तिमल्सिनाले जानकारी दिए।

त्यस्तै कक्षा ८ को परीक्षामा ए प्लस ल्याउने उत्कृष्ट विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले नृत्य,भाषण र कला प्रस्तुति दिँदै आफ्नो प्रतिभा देखाएका थिए।

कार्यक्रमका दौरान विद्यालयका कार्यकारी निर्देशक राजु कुमार सिंहले जे.पि.ई.स.मा कक्षा १२ सम्मको अध्ययन गराइने घोषणा समेत गरे।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ का वडा अध्यक्ष सुनिल गुप्ता,बिद्यालयका संस्थापक सञ्चालक अध्यक्ष होम बहादुर क्षेत्री,सञ्चालक सदस्य अरबिन्द कुमार सिँह,सबिता कुमारी मिश्र लगायत अभिभावक तथा बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत मनत्बय नेपाली बिषयकी शिक्षिका सृजना पाण्डेले ब्यक्त गरिन् ।

Leave a review

This will close in 0 seconds