उपाधिका लागि कलैया र अमर ज्योति युवा स्र्पाेट क्लब भिडने

राजेश कुशवाहा
468 पाठक संख्या

कलैया : नगर खेलकुद विकास समितिको आयोजनामा कलैया उपमहानगरपालिकाको सहयोगमा वडा नम्बर २१ भोडहामा सञ्चालित तेस्रो कलैया उपमहानगरपालिका फुटबल प्रतियोगिता अन्र्तगत बिहीबार भएको दोस्रो सेमीफाईनल खेलमा अमर ज्योति युवा स्र्पाेट क्लब कलैया २ दोहरी बिजयी भएको छ।

दोहरीले योङ्ग स्टार युनाईटेड क्लब निजगढ १० लाई दुई गोलको विरुद्ध तीन गोलले पराजित गरेको हो। दोहरीका लागि मोहित गुरुङ्ग दुई गोल र जनम धामीले एक गोल गरे। निजगढका लागि बिक्रम लामा र पराग लामाले एक/एक गोल गरे।

प्रतियोगितामा दुई गोल गरे बापत मोहित मैन अफ दि मैच घोषित भए। मैन अफ दि म्याच मोहितलाई जैतापुर प्रहरी चौकीका मनोज कुमार बलले नगद रु एक हजार रुपैयाँ तथा ट्रफी प्रदान गरेका थिए।

यसैगरी बुधबार भएको पहिलो सेमीफाईनल खेलमा कलैया फुटबल क्लब बिजयी भएको छ ।कलैयाले समाज विकास यूवा क्लब भोडहालाई एकको विरुद्ध छ गोलले पराजित गरेको हो।

कलैयाका लागि मैन अफ दि मैच शन्दिप यादव तीन गोल,आदित्य शाक्य दुई र कृष्ण शाक्यले एक गोल गरे। समाज विकासका लागि ओम धामीले एक गोल गरेका थिए।

मैन अफ दि म्याच यादवलाई कलैया उपमहानगरपालिका वडा नम्बर २१ का पूर्व वडा अध्यक्ष पुण्यदेव रौनियारले नगद रु एक हजार रुपैया तथा ट्रफी प्रदान गरेका थिए।

प्रतियोगितामा उपाधिका लागि जेठ १० गते शनिबार कलैया फुटबल क्लब र अमर ज्योति युवा स्र्पाेट क्लब कलैया २ दोहरी बीच प्रतिस्पर्धा हुने टुर्नामेन्ट सयोजक क्यामुदिन मंसुरले जानकारी दिए।

Leave a review

This will close in 0 seconds