वीरगञ्ज : पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आइतवार पालिकामा सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाले सार्वजनिक विदा दिनुको कारण भने शनिवार सम्पन्न पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा जनकपुर बोल्ट्सले उपाधि जितेको खुसीयाली हो ।
गाउँपालिकाले शनिवार नै एक सुचना निकालेर मधेस प्रदेशको प्रतिनिधित्व गरेको जनकपुरले एनपीएलको उपाधि जितेर ऐतिहासिक उपलब्धि हासिल गरेको भन्दै खुसीयाली मनाउन आईवार विदा दिने निणर्य गरेको थियो ।
पालिका अन्तर्गतका स्वास्थ्य चौकीक,अत्यावश्यक सेवा बाहेकसबै कार्यालय बन्द रहने सखुवा प्रसौनी गाउँपालिकाले जनाएको छ । सोही अनुसार आईतवार पालिकामातहतका सवै वडा कार्यालयहरु बन्द भएको थियो ।
शनिवार भएको एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुर बोल्ट्सले उपाधि जितेको छ ।
खेल प्रेमीहरुलाई उत्साहित बनाउनका लागि भनेर सार्वनिक विदा दिइएको पालिकाका अध्यक्ष जसवन्त यादवले बताएपछि अहिले यो निणर्यले विवादित बनाएको छ ।
अहिले समाजिक सञ्जालमा केही मात्रले पालिकाको निणर्यलाई सर्मथन गरेको भएपनि अधिकांशले पालिकाको सवै कामकाज ठप्प पारेर खुसीयाली नहुने भन्दै अनावश्य विदा दिने निणर्य गलत भएको बताएका छन ।


