कलैया । बाराको कलैया उपमहानगर नगरपालिकाले आर्थिक बर्ष २०८२/२०८३ को लागि रु एक अर्ब बहत्तरी करोड तिहतरी लाख सतासी हजार सात सय उन्नचालिस रुपैयाको बजेट सार्वजनिक नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।
कलैया स्थित करणराज पार्टी प्यालेसमा सोमबार आयोजित १५ औ नगरसभामा उक्त रुपैया बराबरको बजेट सार्वजनिक गरिएको हो। उक्त नगर सभामा कलैया उपनगरपालिकाकी उप प्रमुख रोशन प्रविणले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन ।
जसमा नेपाल सरकारको समानिकरण अनुदान २४ करोड ९२ लाख, सर्शत अनुदान चालु ५६ करोड ६७ लाख,सर्शत अनुदान पुँजीगत दश करोड ९० लाख,समपुरक अनुदान ९९ लाख,बिशेष अनुदान दुई करोड ६५ लाख,राजस्व बांडफांड ७३ लाख ५४ हजार चार सय ६० रुपैया रहेको छ ।
भने प्रदेश सरकारको समानिकरण अनुदान एक करोड ७७ लाख ४६ हजार,राजस्व बाँडफाँड एक करोड ४० लाख १६ हजार ४४० रुपैया,स्थानीय राजस्व बाँडफाँड आठ करोड रुपैया,आन्तरिक श्रोत बाट आल्या सहित रु ४४ करोड ३९ लाख ७० हजार ८३९ रुपैया,जन सहभागिता बाट रु ३० लाख रुपैया रहेको छ ।
कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहको अध्यक्षतामा भएको उक्त नगरसभामा सञ्चालन नरोत्तम अधिकारी एवम् स्वागत प्रमुख प्रशासकिय अधिकृत नाथु साहको रहेको थियो ।
नगरसभामा कलैया उपमहानगरपालिकाका कार्यपालिका सदस्य,वडा अध्यक्ष,वडा सदस्य,कर्मचारी लगायतको सहभागिता रहेको थियो ।


