Sajhedari Daily
Latest News from Nepal

यादवकोे १३ औँ दिनको पुण्य तिथीमा विद्यालयद्धारा श्रद्धाञ्जली सभा

नेपाल शिक्षक संघका केन्द्रीय सदस्य स्वर्गिय भागवत प्रसाद यादवको १३ औ पुण्यतिथीको अवसरमा बिद्यालयले श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ ।

श्री सिमल नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय मझौलियामा सो कार्यक्रम सम्पन्न गरिएको बिद्यालयका प्रअ कृषन्नदन रायले जानकारी दिए ।

स्वर्गिय यादव सोही बिद्यालयका निवर्तमान प्रअ रहेको थियो । आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिश्वनाथ प्रसाद यादवले स्वर्गिय यादवको निधनले शिक्षा क्षेत्रमा अपुरणिय क्षति भएको बताए ।

उनी जहिलेपनि बिद्यालयको हित, बिद्यार्थीहरुको भविष्यलाई लिएर पठनपाठन चुस्तदुरुस्त रुपमा गराउनका लागि पुर्णरुपमा सधै अग्रसर भई अगाडी बढीरहेको कुरामा जोड दिए ।

सबै शिक्षक, बिद्यालय ब्यवस्थापन समितिसंग सहमति,सहकार्य गर्दै एकताको लागि तलिन रहने स्वर्गिय यादव निकै मिलनसार रहेको थियो ।

उनी जहिलेपनि सकरात्मक सोचका साथ अगाडी बढी बढने गरेको कारणले नै उनी समाजमा पनि निकै उदारहणिय ब्यतिmको रुपमा छुटै पहिचान बनाउन सफल भएको पात्रको रुपमा मरेर गएपनि चिनिन्छ ।

उनले देखाएको असल मार्गमा हिडन सके उनी सच्चा श्रद्धाञ्जली अर्पण हुने कुरामा अध्यक्ष यादवले जोड दिए ।

लोकतन्त्र प्राप्तीका लागि उनको भुमिका निकै महत्वपुर्ण रहेको र उनी बाचुनजेल्ल सम्म मुलुकको हित, बिकास, सुशासन गराउने काममा चिन्तित रहने गर्दथे बिद्यालयका व्यवस्थापन समितिका सदस्य शिवचन्द्र साहले जानकारी दिए ।

कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रतिनिधी,नागरिक अगुवा, शिक्षक, बिद्यार्थी, अभिभावकहरुको सहभागिता रहेको थियो ।