बारा : देवताल गाउँपालिकामा आज शोक बिदा

साझेदारी दैनिक
393 पाठक संख्या

कलैया । बाराको देवताल गाउँपालिकाले आज शोक बिदा दिएको छ।

गाउँपालिकाको तत्कालीन वडा अध्यक्ष, कार्यापालिका सदस्य र भुत पुर्व वडा सचिव मिश्री लाल प्रसाद मलाहको निधनमा बुधबार शोक बिदा दिएको हो।

गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवले गाउँपालिकाको सामाजिक संजालमा श्रद्धाञ्जली अर्पण गर्दै “भुपु वडा सचिव मलाहको साउन २१ असामायिक निधन भएको हुदाँ दिवगंत आत्माको चिर शान्तिको कामना सहित यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनहरु हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।” उल्लेख गरेको छ।

यस्तै निधनको शोकमा आज बुधवार गाउँ कार्यपालिकाको कार्यालय तथा मातहतका सम्पुर्ण कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए।

Leave a review

This will close in 0 seconds