वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

ज्योतिषीहरुको भेलाले दिपावली(तिहार) तथा छठ पर्वको साईत सार्वजनिक

बाराको कलैयामा सम्पन्न जिल्लाका विभिन्न ज्योतिषीहरुको भेलाले दिपावली(तिहार) तथा छठ पर्वको तिथिमिति तथा साईत सार्वजनिक गरेका छन ।

यसवर्षको भाईटिका २०७७ मंसीर १ गते सोमवार विहान ९ बजे उत्तम साई रहेको ज्योतिषीहरुले जनाएका छन ।
वैदिक सनातन धर्मावलम्बीहरुले वडा दशै लगतै मनाउन अर्को ठुलो चार्ड शुभदिपवाली(तिहार) को पहिलो दिन कार्तिक २८ गते शुक्रवार धनत्रोदसी धनवन्तरी अर्थात धनतेरस रहेको छ यसैदिन यमपञ्चक(कागतिहार) पनि रहेको छ। यसैगरी कार्तिक २९ गते शनिवार कृष्ण चतुर्दशी कागतिहार र लक्ष्मिपुजा रहेको छ । यो दिन राति अबेरसम्म धनधान्यकी देवी लक्ष्मि भगवानको पुजा आरधना गरिन्छ ।यस दिन घरमा भएका द्रब्य, गरगहना, श्रीसम्पतीलाई लक्ष्मि, गणेश र सरस्वतीको स्थापना गरेर पुजा गरिन्छ ।

अर्को दिन कार्तिक ३० गते आईतवार कृष्ण औसी गाई गोरु पुजा(गोर्बधन पुजा) गरिन्छ । यस्तै तिहारको अन्तिम दिन मंसीर १ गते सोमवार भाईटिका विहान ९ बजे उत्तम साईत रहेको भेलाले निणर्य गरेको छ ।

ज्योतिषीहरुको भेलाले छठपर्वको समेत साईतहरु सार्वजनिक गरेको हो । मंसीर ३ गते बुधवार सुर्य चतुर्थी छठपर्वको ब्रतआरम्भ, मंसीर ४ गते विहिवार सुर्यपञ्चि खर्ना ब्रत र मंसीर ५ गते शुक्रवार सुर्य पष्ठि प्रथम अर्घ र मंसीर ६ गते शनिवार सुर्य सप्तमी छठब्रत समाप्त हुने जनाईएको छ ।

भेलामा पंडित रामायण तिवारी ईनर्वा बारा, सन्तोष द्धिवेदी पर्सा, ज्ञानेश्वार तिवारी, नरेन्द्र मिश्रा, हरेकृष्ण तिवारी, सुरेश पण्डेय, पंडित आचार्य छविरमण सुवोदी,जटाशंकर मिश्र लगायतको पंडितहरुको सहभागिता रहेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
सम्बन्धित समाचार
error: Content is protected !!