वीरगञ्जमा हैजा संक्रमण बढेपछि दुई दिन विद्यालय बन्द

साझेदारी दैनिक
259 पाठक संख्या

वीरगञ्ज । वीरगञ्जमा हैजा संक्रमण बढेपछि वीरगञ्ज महानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

विगत केही दिनदेखि बढ्दै गएको हैजाको सङ्क्रमणलाई मध्यनजर गरि महानगरपालिकाले भाद्र ८ र ९ गते (आइतबार र सोमबार) दुई दिनका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गर्ने निर्णय गरिएको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।

महानगरपालिकाले सरसफाइ र स्वास्थ्यमाथि विशेष ध्यान दिन सबैलाई अनुरोध गर्दै साथसाथै पानी उमालेर मात्र पिउनु हुन, शौचालय प्रयोग गरिसकेपछि अनिवार्य रूपमा साबुन पानीले हात धुनुहुन, सरसफाईका नियमहरूलाई परिपालना गर्नुहुन, काँचै खाने साग सब्जीहरू तातोपानीले पखालेर मात्र खानुहुन तथा संक्रमणबाट जोगिनको लागि आवश्यक उपायहरू अपनाउन सुझाव दिएको छ।

Leave a review