सरकारी सेवामा कार्यरत एउटै घरका चार छोरीलाई पूर्व राष्ट्रपति भण्डारीद्वारा सम्मान

संदिप प्रसाद यादव
508 पाठक संख्या

कलैया । मदन भण्डारी फाउन्डेशन बारा जिल्ला कमिटीले आयोजना गरेको ७५ औं जन्मजयन्ती कार्यक्रममा पूर्व राष्ट्रपति विद्या देवी भण्डारीले एउटै घरका चार छोरीलाई सम्मान गर्नु भएको छ ।

उनीहरूको मेहनत र उपलब्धिलाई कदर गर्दै फाउन्डेशनले आइतबार कलैयास्थित बरेवा दरबार होटेलको सभा हलमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले सम्मान गरेकी हुन् ।

बाराको देवताल गाउँपालिका–३ निवासी शम्भु प्रसाद यादवकी चारै छोरी सरकारी सेवामा कार्यरत छन्।

तीमध्ये पूजा यादव स्थानीय तह अधिकृत (छैटौँ तह), कविता र पल्लवी यादव संघीय खरिदार तथा गुन्जा यादव प्राथमिक तहकी शिक्षिका पदमा कार्यरत रहेकी छन्।

Leave a review