कलैयामा भोलि पूर्व राष्ट्रपति भण्डारी आउने

साझेदारी दैनिक
333 पाठक संख्या

कलैया । पूर्व राष्ट्रपति विद्या देवी भण्डारी भोलि (आइतबार) बाराको सदरमुकाम कलैयामा आउने भएकी छन् ।

मदन भण्डारी फाउन्डेशन मधेश प्रदेश कमिटीले आयोजना गर्ने कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन उनी दरबार होटल, कलैयामा उपस्थित हुने कार्यक्रम छ । फाउन्डेशनका अध्यक्ष राज मोहम्मद रायका अनुसार कार्यक्रम बिहान ११ बजे सुरु हुनेछ ।

कलैया आउनु अघि आज ( शनिबार) पूर्व राष्ट्रपति भण्डारी पर्साको कार्यक्रममा सहभागी हुँदैछिन् । उनलाई सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको छ । नेकपा एमालेका नेता तथा कार्यकर्ताले भण्डारीलाई ठूलो माला लगाइदिएर स्वागत गरेका थिए ।

विरगञ्ज उद्योग बाणिज्य संघको नारी शक्ति, समर्पण र सम्मान भन्ने मूल नाराका साथ हुन लागेको बृहत् महिला सम्मेलन २०८२ को अवसरमा हुने कार्यक्रममा प्रमुख अतिथि भई पूर्व राष्ट्रपति भण्डारी पर्साको कार्यक्रममा सहभागी हुँदैछिन् ।

Leave a review

This will close in 0 seconds