बेवारिसे अवस्थामा फेला परेको स्कूटी धनीलाई बुझाइयो

साझेदारी दैनिक
282 पाठक संख्या

कलैया : इलाका प्रहरी कार्यालय परवानीपुर बाराले स्कूटी धनीलाई मंगलबार स्कूटी बुझाएको छ।

सो स्कूटीका धनी परवानिपुर गाउँपालिका ५ सानो नौतन बस्ने ३३ वर्षीय योगेन्द्र प्रसाद गुप्तालाई सो स्कूटी बुझाएको हो। सो स्कूटी सानु ट्रेर्ड लिंक बिरगंज कम्पनिको नाममा दर्ता रहेको धनी योगेन्द्र गुप्तालाई जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टूपेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।

बैशाख ११ गते बाराको परवानीपुर गाउपलिका ३ परवानीपुर चौक स्थितमा रहेको ( एनबिएल ) नबिल बैकको कम्पाउण्ड भित्र प्र.२–०३–०१४ प १९२९ न.को कालो कलरको सुजुकी स्कुटि ब्यवारिसे अवस्थामा रहेको छ भनि सोहि बैंकमा काम गर्ने गार्डले इलाका प्रहरी कार्यालय परवानीपुरमा जानकारी गराएका थिए।

प्रहरी हवल्दार नरेशप्रसाद यादवको कमाण्डमा टोलि खटि गई उक्त बैंकमा रहेको सि.सि.टि.भी हेर्दा जनवरी २६ तारिख देखि नै उक्त स्कुटि कम्पाउण्ड भित्र बेवारिसे अवस्थामा रहेको पाइएको थियो।

Leave a review