धनौजी गाउँपालिकाका पूर्वअध्यक्ष सिंहको निधन

रासस
313 पाठक संख्या

जनकपुर : धनुषाको धनौजी गाउँपालिकाका पूर्वअध्यक्ष बद्रीनारायण सिंहको निधन भएको छ ।

लामो समयदेखि अस्वस्थ रहनुभएका सिंहको शुक्रबार निधन भएको हो । उहाँ संविधान जारी भएपछि विसं २०७४ मा पहिलोपटक भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएको थियो ।

यसैबीच आज उहाँको अन्त्यष्टि गरिएको छ । यसअघि कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिसहितका नेताहरूले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो ।

नेताहरूले पार्टीका पुराना नेता सिंहको निधनले एक समर्पित र अनुभवी नेता गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् ।

Leave a review