जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका – ७ स्थित शान्ति युवा विकास मञ्च जीतपुरको अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संगठनलाई पुनः सक्रिय बनाउने संकेत दिएको छ। अधिवेशनबाट अजय कुमार साह कलवार अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।
नयाँ कार्यसमितिमा धिरज साह सोनार र सन्तोष कुमार साह उपाध्यक्ष बनेका छन्। सचिवको जिम्मेवारी अशोक दास तत्मालाई दिइएको छ भने सह–सचिवमा प्रकाश कुश्वाहा र कोषाध्यक्षमा दिनेश सराफ चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा लालबाबु साह कानु, पवन कुमार तत्मा, राजेश साह, सुनिल कुमार साह सोनार, रबि दास, दिपेश गुप्ता, नागेन्द्र सहनी तथा सचितानन्द प्रमोद बर्मा रहेका छन्।नवनिर्वाचित सचिव अशोक दास तत्माका अनुसार कार्यसमितिको कार्यकाल तीन वर्ष रहनेछ।
२०६६ मा स्थापना भएको संस्थामा पूर्व अध्यक्ष योगेश अधिकारीले कार्यकाल अगावै राजीनामा दिएपछि बीचमै अधिवेशन आयोजना गरिएको हो। नयाँ नेतृत्वले अब युवामुखी कार्यक्रमलाई प्राथमिकतामा राख्दै सामाजिक विकासका गतिविधिलाई गति दिने अपेक्षा गरिएको छ।

