युवा संघले कलैयामा मोटरसाईकल र्‍यालीसहित बालेन साह र सदन गुरुङ विरुद्ध प्रहरीमा बुझायो जाहेरी

साझेदारी दैनिक
345 पाठक संख्या

कलैया । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल बाराले सोमबार बाराको कलैयामा मोटरसाईकल र्‍यालीसहित प्रदर्शन गरेको छ ।

संघले र्‍याली प्रर्दशनपछि काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी समेत दिएको छ।

संघले दिएको जाहेरीमा बालेन साह र सुदन गुरुङलाई हालैका दिनहरूमा सामाजिक सञ्जालमा चलेको जेनजी आन्दोलनका नाममा भएको हिंसाको जिम्मेवार भएको आरोप लगाएको छ । आन्दोलनको क्रममा भएको आगलागी, लुटपाट तथा सार्वजनिक सम्पत्ति नष्ट गर्ने कार्यहरूमा बालेन र सुदन संलग्न रहेको जाहेरीमा उल्लेख छ।

संघले सो घटनाका लागि उनीहरुलाई नै जिम्मेवार रहेको जनाउँदै कानुनी कारवाहीको माग प्रहरीमा गरेको हो। संघका अध्यक्ष सद्वाम अन्सारीको नेतृत्वमा रहेको टोलीले जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितलाई जाहेरी दिएको हो।

यसअभि मोटरसाईकल र्‍यालीमा युवा संघ नेपालका केन्द्रीय सचिव मोबिन आलमको विशेष सहभागिता रहेको हो । केन्द्रीय सदस्य, केन्द्रीय सचिवालय सदस्य भावना आचार्य लगायत युवा नेताहरूको उपस्थिति रहेको थियो ।

युवा संघले सोमबार मधेश प्रदेशका आठवटै जिल्लामा प्रदर्शन गरेको छ । र्‍यालीमा तिम्रो पाराले दुख पायो साराले भन्ने नारा समेत प्रदर्शनकारीले लगाएका थिए ।

Leave a review