नेपाल प्रहरी श्रीमती संघको ४० औं बार्षिकित्सवको अवसरमा शनिवार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
बाराको कलैया उप–महानगरपालिका वडा नम्बर १ स्थित रहेको जिल्ला प्रहरी कार्यालय बाराको प्राङ्गणमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरी श्रीमती संघको ४० औं बार्षिकित्सवको अवसरमा प्रहरी कार्यलय बाराको आयोजानामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हो । सो अवसरमा आँप–१०,लिची– १०,कटहर–१०,धुपी– १० र सल्ला–१० वटा गरी ५० वटा बिभिन्न जातका बोट बिरुवाहरू वृक्षारोपण गरिएको प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक खड्काले जानकारी दिएका छन्
उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटा,प्रहरी निरीक्षक बिरेन्द्र राज गुरुङ,प्रहरी निरीक्षक बिमला कुमारी कठायत,प्रहरी निरीक्षक राजेश कुमार खत्री,प्रहरी निरिक्षक मुरारी प्रसाद गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

