विपी उद्यान खाली गराउन महानगरले फेरी चलायो डोजर

साझेदारी दैनिक
120 पाठक संख्या

वीरगन्ज : पर्साको वीरगञ्ज घण्टाघर नजिकै रहेको अस्थायी थोक तरकारी तथा फलफुल बजार र फुसका घरटहराहरु वीरगञ्ज महानगरपालिकाले आईतबार फेरी डोजर चलाएको छ।

वीरगन्जको घण्टाघर छेउको विपी उद्यानको जग्गामा अनाधिकृत रुपमा रहेका थोक तरकारी तथा फलफुल बजार र फुसका घरटहराहरुमा महानगरले डोजर चालएको हो ।

उक्त स्थान खाली गराउन महानगरले यो सहित तेस्रो पटक डोजर चलाएको छ । आइतबार बिहानै महानगरपालिकाको नगर प्रहरीसहित पुगेको थियो । महानगरको डोजरले विपी उद्यानको जग्गामा अनाधिकृत रुपमा रहेको तरकारी बजार र दलितहरुले बनाएका फुसका टाहराहरु भत्काएर खाली गराएको थियो ।

सो क्षेत्रमा महानगरको डोजर चल्न थालेपछि तरकारी व्यपारी र दलितहरुले महानगरको डोजर र नगर प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै आगो बालेर सडकपनि केहिबेर जाम अवरुद्ध समेत बनाएका थिए । घर टहराहरुमा वसेकाहरुले कडा रुपमा आन्दोलन चर्काउन थालेपछि नेपाल र सशस्त्र प्रहरीको टोलीलाई समेत परिचालन गरेर अवस्थालाई नियन्त्रणमा लिएको थियो ।

विपी उद्यान परिसरमा महानगरपालिकाले पार्क बनाउने महानगरपालिकाको योजना छ । त्यसैकारण आइतबार डोजर लगाएर उद्यानको जग्गाको खाली गराइएको नगर प्रमुख राजेशमान सिंहले बताएका छन ।

महानगरले उक्त जग्गा खाली गराउन यसअघि दुईपटक यसअघि २०८१ पुष २१ गतेपनि उद्यानमा हरित पार्क निर्माणका लागि भन्दै महानगरपालिकाले उक्त उद्यानको जग्गामा अनाधिकृत रुपमा रहेको थोक तरकारी बजारका संरचनामा डोजर चलाएको थियो । तर त्यसपछि फेरि थोक तरकारी व्यवसायी र केहि दलितहरुले अस्थायी संरचना बनाएर व्यापार र बसोबास गर्दै आएका थिए ।

Leave a review