बाराका समीरलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी

संदिप प्रसाद यादव
12 पाठक संख्या

कलैया । बारा-३ ख का प्रदेश सांसद महमद समीरलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

नयाँ जिम्मेवारी सम्हाल्दै मन्त्री समीरले अधुरा तथा अलपत्र अवस्थामा रहेका विकास योजनालाई प्राथमिकताका साथ सम्पन्न गरिने बताएका छन् । उनले गुणस्तरीय निर्माण, पारदर्शिता र जनउत्तरदायित्वलाई केन्द्रमा राखेर मन्त्रालयलाई परिणाममुखी ढंगले अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

उनका अनुसार ग्रामीण सडक सञ्जाल विस्तार, पुल निर्माण, सरकारी भवन तथा जनताको प्रत्यक्ष सरोकारसँग जोडिएका पूर्वाधार आयोजनालाई तीव्र गतिमा कार्यान्वयन गरिनेछ । “प्रदेशवासीले प्रत्यक्ष अनुभूति गर्ने विकास योजनालाई प्राथमिकतामा राखेर काम गरिनेछ,” मन्त्री समीरले बताएका छन् ।

नयाँ जिम्मेवारी पाएपछि विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले मन्त्री समीरलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । समीरको नेतृत्वमा मधेस प्रदेशको विकास निर्माण कार्यले थप गति लिने विश्वास प्रदेशवासीले गरेका छन् ।

Leave a review

This will close in 0 seconds