बारामा एक सय पचास किलो गाँजासहित चार जना पक्राउ

साझेदारी दैनिक
866 पाठक संख्या

कलैया : बारा प्रहरीले एक सय ५० किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले एक प्रेस विज्ञप्ति जारी गरी जनाएका हुन्।

ईलाका प्रहरी कार्यालय सिमरा बाराको टोलिले उनीहरुलाई पक्राउ गरेको हो।

जितपुर सिमरा उपमहानगरपालिका – ४ औराहा स्थित दुधौरा खोलामा टाउकोमा राखि रतनपुरबाट बकुलिया तर्फ जाँदै गरेको अवस्थामा बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी सहायक निरीक्षक प्रदिपप्रसाद पाण्डेको कमाण्डमा खटिएको टोलि र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंज पर्साको संयुक्त रुपमा खटिएको टोलिले उनीहलाई पक्राउ गरेको हो।

लागु औषध गाँजा जस्तो देखिने तौल नगरेको ६ बोरा प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिका – २२ चक्री टोल बस्ने अन्दाजी ४२ वर्षीय बुध्द घलान,सोहि पालिका वडा नम्बर ८ बस्ने ३६ वर्षीय नन्दकिशोर सहनी,सोही ठाउँ वस्ने बस्ने अन्दाजी २८ वर्षीय बिर बहादुर डम्वा,मकवानपुरको हेटौडा उपमहानगरपालिका – १५ रातोमटि बस्ने २७ वर्षीय सोमलाल पाख्रीनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय सिमरामा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक पण्डितले जनाए।

Leave a review

This will close in 0 seconds